Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शान्तिको सन्देश बोकेर साइकलमा नेपाल–भारतका धार्मिक क्षेत्रको यात्रा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २८, २०७९ मा प्रकाशित

कञ्चनपुर, कात्तिक २८ । शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्किएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुगेका छन् । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गरेका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुगेका हुन् ।

धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताए । “धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु”, उनले भने– “शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पुर्याउनका लागि अभियान थालनी गरेको हुँ ।”

नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उनले धार्मिक महत्व उत्तिकै रहेको बताए । “धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन”, उनले भने, “नेपालमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको भारतका तीर्थस्थलमा पुगेर प्रचारप्रसार गर्नका लागि यात्रामा निस्किएको छु ।” भारतका ३४ प्रान्तका चर्चित तीर्थस्थलमा पुग्ने लक्ष्य लिइएको उनले बताए ।

भारतको कामख्या पुगेर पुनः नेपालको मेची नदीको पुलमा पुगेर यात्राको समापन गरिने साइकल यात्रामा निस्किएका खतिवडाको भनाइ छ । यात्राका क्रममा पुगेका तीर्थस्थलको महिमाबारे उनले बास बस्ने स्थानका बासिन्दालाई सुनाउने गरेका छन् ।

यात्राका क्रममा देवालय, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका ब्यारेकमा बास बस्दै आएका छन् । गच्छेअनुसार दिएको दक्षिणा लिएर यात्राको खर्च धान्दै आएको साइकल यात्रामा निस्किएका खतिवडाले बताए । यात्रा गर्ने स्थानका स्थानीय तहले खतिवडालाई आर्थिक सहयोग गरेका छन् । रासस

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.