Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मेसीप्रेरित अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ११, २०७९ मा प्रकाशित

काठमाडौ । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित हात पारेको छ।

समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको हो। पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित अर्जेन्टिनाका लागि आजको खेलमा मेसी र फर्नान्डेजले एक एक गोल गरे।

मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल गरेका थिए। यससँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्‍याएका छन्। पहिलो गोल गरेका मेसीले दोस्रो गोलका लागि पास उपलब्ध गराए। उनले ८७ मिनेटमा दिएको पासमा इन्जो फर्नान्डेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।

जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने आसा जीवितै राखेको छ। समूहमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३ अंक भएको छ। शीर्ष स्थानको पोल्यान्डको ४ अंक छ भने साउदीले ३ अंक र मेक्सिकोले १ अंक जोडेका छन् । पहिलो हाफमा गोल नहुँदा अर्जेन्टिनामाथि दबाब बढेको थियो। ६४ मिनेटमा मेसीले बायाँ खुट्टाले पासलाई नियन्त्रण लिँदै पहिलो टचमै मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआलाई कुनै मौका नदिइ २० यार्डबाट गोल गरे।

८८ हजार दर्शक उपस्थित रंगशालामा अर्जेन्टिनाले दर्शकको भरपुर साथ पाएको थियो। अब समूहको अन्तिम खेलमा पोल्याण्डविरुद्धको जितले अर्जेन्टिनालाई नकआउट चरणमा पुर्‍याउनेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved