Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १४, २०७९ मा प्रकाशित

वालिङ, मंसिर १४ । स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ। सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ। गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड भित्रिएको उनले बताए। ‘यसवर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ’, उनले भने। गतवर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। ‘यसवर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ’, हमालले भने।

स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा छ। नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैंचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ। यसवर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ। कात्तिकको दोस्रो सातामा प्रतिकिलो ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ।

अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट ५० लाखसम्म आम्दानीको दाबी गर्छन्। गतवर्ष उनले २५ लाख आम्दानी गरेका थिए। ‘अहिले धेरै सुन्तला फलेको छ, लाच्किने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ’, उनले भने। उनको बगैंचामा अहिले दुई हजार सुन्तलाका बोट छन्। अर्यालले सुन्तलाको ग्रेडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आएका छन्।

गतवर्ष सुन्तला बिक्रीबाट दुई लाख आम्दानी गरेका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले चार लाख आम्दानी हुने बताए। गत वर्षको तुलनामा यसवर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उनले भने, ‘गतवर्ष दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष चार लाखमा ठेक्का दिइसकेको छु।’ ठेकेदारले सुन्तला बगैंचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उनले बताए।

काफ्लेको सुन्तला बगैंचामा अहिले एक सय बोटमा फल लागेको छ। गत वर्ष २२ लाखको सुन्तला बिक्री गरेका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यसवर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताए। गतवर्ष ३१ टन सुन्तला बिक्री गरेर २२ लाख आम्दानी गरेका भण्डारीको यसवर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ। उनको बगैंचामा अहिले आठ सय सुन्तलाका बोट छन्।

जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउँछन्। २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने गरेको उनको भनाइ छ। गतवर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताए। गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.