Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्पामा बिहेभोजले बिरामी परेकाहरूको उपचार गर्न गाउँमा खटिए स्वास्थ्यकर्मी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २१, २०७९ मा प्रकाशित

पाल्पा, मंसिर २१ । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका पाल्पाको बगनासलकाली गाउँपालिका – १, चिर्तुङधारा घोरबन्दाका बिरामीको उपचारका लागि बुधबार पनि बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मी घरघरमा खटिएका छन् । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

मंगलबार ११ जना स्वास्थ्यकर्मीको टोलीले १ सय १ जनालाई प्राथमिक उपचार, जीवनजल, औषधि, आवश्यक औषधि, स्वास्थ्य शिक्षा प्रदान गरेका थिए  । सोमबार चिर्तुङधारास्थित स्वास्थ्य चौकी प्रमुख नोदप्रसाद बस्याल र स्वास्थ्यकर्मी महेश ढुंगानाले ६० जनाभन्दा बढीलाई प्राथमिक उपचार गरेका थिए । घरमा आँत्तिएपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए ।

मिसन अस्पतालमा पाँच जनाको भर्ना भएर उपचार भइरहेको छ । ३४ जनामध्ये बाँकी घर फर्किसकेका छन् । मिसन अस्पतालका डा. सञ्जीव रावलले एकै प्रकारको लक्षण देखिएकाले उनीहरूलाई भर्ना गरेर उपचार गर्नु नपरेको बताए । अधिकांश बिरामी गाउँमै भएकाले बगनासकाली र मिसन अस्पतालबाट स्वास्थ्यकर्मी खटाएर मंगलबारदेखि उपचार थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सयभन्दा बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेको स्थानीयले बताए । ‘कतिपयले जानकारी नै नदिएर बसेका छन्,’ स्थानीय मुक्ति बस्यालले भने, ‘बिहे भोज खाएका प्रायः सबैमा समस्या देखिएको छ ।’

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved