Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीका किसानले पाँच वर्षमा पनि उखुको भुक्तानी पाएनन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २५, २०७९ मा प्रकाशित

परासी । पश्चिम नवलपरासीमा उखु क्रसिङ्ग सिजन सुरु भयो तर अझै पनि अधिकांश गरिब किसानले उखुको भुक्तानी पाएका छैनन् । विगत पाँच वर्षदेखि भुक्तानी पाउने आसमा बसिरहेका गरिब किसानहरूले अझैपनि उखुको भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अहिले देशभरि नै देखिएको आर्थिक संकटका बेला किसानहरु खेतीपाती गर्न, औषधिउपचार र घरव्यवहार मिलाउन कतै पनि सापटी तथा ऋणमा पैसा नपाइरहेकाले किसानहरू थप पीडामा परेका छन् ।

‘आफ्नो पैसा छ मिलमा मिलले दिँदैन, उता आर्थिक संकट, मिटर ब्याजीका कारण बैंक तथा साहु महाजनले सापटी तथा ऋणमा पैसा दिँदैन” हामी किसानले आफनो गुजारा कसरी चालने भनि चिन्तामा परेको प्रतापपुर ९ का उखु किसान भीम कोइरीले दुखेसो पोखे । उनी भन्छन्, ‘‘नगदेबाली उखु चिनी मिलमा उधारो पुर्जीमा दिइयो तर मिलले भुक्तानीका लागि आज भोलि भन्दै चार वर्ष झुलाई दियो, ठुला र पहुँच हुने किसानहरुले आफ्नो भुक्तानी उहिले नै पाइसके तर हामी गरिब किसानहरुको मिलमा पहुँच नभएकै कारण अहिलेसम्म उधारोमा दिएको पुर्जी भज्न सकेको छैन ।” किसान कोइरीले ईन्दिरा सुगर ईण्डष्ट्रिज प्रालिबाट ४ वर्ष अगाडिकै ६० हजारको उखुको भुक्तान लिनु पर्ने छ ।

यस्तै अर्को किसान प्रतापपुर ८ पिपरपाती बस्ने युवराज मौर्य हुन् । उनले पनि इन्दिरा चिनी मिललाई ४ वर्ष अगाडि दिएको उखुको भुक्तान किस्ता किस्तामा थोरै थोरै पाए पनि अझै २५ हजार पाउन बाँकी रहेको दावी गरे । ईन्दिराबाट भुक्तान लिने यस्ता धेरै गरिब किसानहरु छन् जसका पहुँच नभएकाले उनका पुर्जी अझै अल्झि रहेको छ । उखुको भुक्तानी नपाएका गरिब किसानहरुमा समस्यामा परेका छन् उनका दु:खसुख सुन्ने कोही छैन ।जिल्लामा बागमती, इन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठुलो चिनी मिलहरु छन् भने सय बढि भेली क्रसरहरु पनि संचालनमा छन् ।

विगत ३ वर्षदेखि बन्द अस्थामा रहेको इन्दिरा र लुम्बिनी चिनी मिल यसवर्ष संचालनमा आएका छन् । किसानहरुले इन्दिरा र लुम्बिनी चिनी मिलबाट अझै करिब ८० लाख रुपैया भुक्तान लिनु पर्ने उखु उत्पादक कृषक संघले दावी गरेको छ जसमा इन्दिराबाट करिब ७० लाख र लुम्बिनीबाट करिब ७ लाख र ३ लाख अन्य मिल तथा भेली क्रसरबाट पाउनु पर्ने संघको तथ्याङ्क रहेको छ । अहिले उखु क्रसिङ्ग जारी छ, तर सरकारले उखुको समर्थन मूल्य तोकेको छैन । मिलहरू पुरानै मूल्यमा उखु खरिद गरिरहेका छन् । मूल्य निर्धारणमा सरकारको ढिलाई र विगतमा मिलहरुको भुक्तानीमा आलटाल गरि किसानलाई झुलाउने समस्याले किसानहरु थप चिन्तामा छन् । जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा किसानहरुको उखु नै मुख्य बाली हो । नगदे बालीको रुपमा रहेको उखु खेती किसानहरु ऋण खोजेर गर्ने गर्दछन् तर समयमा भुक्तानी नपाएर ऋण त पर जाओस् ब्याज पनि तिर्न असक्षम बनेका छन् ।

किसानहरुको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरु थप पीडित बन्दै जाँदा उखु खेती घट्दै गएको छ । जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा समिति भएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.