Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विषयगत शिक्षकको माग गर्दै, मालिकार्जुन मा.वि. मिलमिलीमा तालाबन्दी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २५, २०७९ मा प्रकाशित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।

विगत लामो समयदेखी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीरुले तालाबन्दी गरेका हुन् ।

विषयगत शिक्षकहरु नभएकोले पटक पटक शिक्षक पदपुर्तीको लागी माग गर्दासमेत शिक्षक पदपुर्ती नभएपछि विद्यालयमा अनिसीतकालीन तालाबन्दी गरिएको कक्षा १० मा अध्ययनरथ छात्रा रन्जना धामीले बताउनुभयो ।

शैक्षिक सत्रको आधा भन्दा बढी समय बितिसक्दासमेत विद्यालयमा शिक्षक नहुँदा पढाइ प्रभावित भएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
नगरपालिकाले करारमा राखेका नगर शिक्षक गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नयाँ नेतृत्व आए संगै नगर करार शिक्षकको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार विद्यालयमा रहेका नगर करार शिक्षक हटाइएका थिए । करारमा रहेका शिक्षक बर्खात भएपछि नगरपालिकाले विद्यालयमा नयाँ शिक्षक भर्ना नगरेकोले विद्यालयमा शिक्षक अभाव भएको र विद्यार्थीको पढाइसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक वीर सिंह खातीले बताउनुभयो ।

नगरपालिकामा नेतृत्व परिवर्तन भए संगै नगर करारमा रहेका कर्मचारी पनि परिवर्तन गर्ने परिपाटीले शिक्षा क्षेत्रमा मात्रै नभइ अन्य प्रशासनिक क्षेत्रमासमेत नकारात्मक असर पर्ने गरेको जानकारहरुको भनाई छ । शिक्षा जस्तो सम्बेदनसील क्षेत्रमा राजनीती गरेर विद्यार्थीको भविष्य माथिनै खेलवाड भइरहेको प्रति एक जना अभिभावक दिपक सिंह धामीले गुनासो गर्नुभयो।

गत बैशाखमा हटाइएका शिक्षक तथा कर्मचारीको स्थानमा नयाँ कर्मचारी पदपुर्ती नहुदा समस्या भएको छ । शैक्षिक सत्र सुरु हुने बेलामा शिक्षक दरबन्दी खाली भएको भएपनि अहिलेसम्म नगरपालिकाले शिक्षक नियुक्त गर्न नसक्नु दुखद कुरा रहेको नगरबासीको भनाई छ।
विद्यालयमा रहेका ४ जना शिक्षक र एक जना बालविकास सहयोगी गत बैसाखमा हटाइएका थिए । बैसाख देखि हालसम्म राजनैतीक किचलोको कारण विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएकोले विद्यालयमा अनिसितकालिन तालाबन्दी गर्नुपरेको कक्षा १० मा अध्यनरत विद्यार्थी सन्तोष धामीले बताउनुभयो ।

पटक पटक शिक्षक पदपुर्तीको लागी आग्रह गर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाएपछि बाध्यभएर तालाबन्दी गरेको धामीले बताउनुभयो । उहाँका अनुसार ८ महिनादेखि विद्यालयमा विषयगत शिक्षक छैनन् । शिक्षक पदपुर्तीको लागी पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाही भएको छैन ।

विद्यालयका प्रधानाध्यापक वीर सिह खातीलाई बुझ्दा विद्यालयले आवश्यक शिक्षक पदपुर्तीको लागी नगरपालिकामा मौखिक रुपमा जानकारी गराएको र अहिलेसम्म कुनै प्रतिक्रिया नदिदा यस्तो समस्या आएको बताउनुभयो ।

यो विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले एक जना सामाजिक विषयको शिक्षकको लागी विज्ञापन खोलेको र आवेदन नपरेपछि म्याद थप गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.