Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २८, २०७९ मा प्रकाशित

काठमाडौँ, मंसिर २८ । लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३–० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ ।

लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उनको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । तर, म्यानचेस्टर सिटीका २२ वर्षीय स्ट्राइकर अल्भारेजको शीर्षस्तरमा शानदार प्रदर्शनले उनीहरुले आगामी आइतबार यही रंगशालामा फाइनल खेल्ने तय भएको छ । बुधबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् ।

अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेज सुरुवातमा ह्याम्स्ट्रिङको समस्यासँग संघर्ष गरिरहेका थिए । तर, ३४औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले उनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो ।

लियोनल मेस्सीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनायो । पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे ।

दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । किनभने मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए ।

 

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.