Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा कक्षा शुभारम्भ(तस्बिर सहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १, २०७९ मा प्रकाशित

नवलपरासी, १ पुस । पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी ग्रुपद्वारा संचालित सिजि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय नवलपरासी प्रतापपुरमा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन् ।

कक्षा विहान ७ बजेबाट सॉझ ६ बजेसम्म चल्ने सिजी पोलिटेक्निकका प्रिन्सिपल शिव हरी ढकालले जानकारी दिए । आज एक कार्यक्रम बीच लुम्विनी प्रदेश सभा सदस्य माननीय देवकरण कलवार (सन्तु ) को प्रमुख आथित्यतामा कक्षा शुभारम्भ गरिएको हो ।

कार्यक्रम प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वडा नम्बर – ७ प्रतापपुरका वडा अध्यक्ष हरेन्द्र यादवले स्वागत मन्तब्य राख्नु भयो भने, चौधरी गुपका बरिष्ठ महाप्रवन्धक मधु सुदन ज्ञावलीले कार्यक्रम र सीप मुलक तालिमको बारेमा प्रकाश पार्नुभयो ।

उक्त कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी कलवारले विकास र सम्वृद्धिलाई मुख्य लक्ष्य राखेर राजनीतिमा आउनु भएका संघीय सांसद विनोद चौधरीले नवलपरासी पश्चिमलाई देशको एक उदाहरणीय जिल्लाका रूपमा अगाडी बढाउने सपना र योजनाका साथ अगाडी बढ्दै गर्दा यहांँका युवा र किसानहरू लक्षित कार्यक्रम शुरू गरेको प्रति धन्यवाद दिए । उहॉंले माननीय चौधरीले देख्नु भएको समृद्धिको सपनामा यस पोलिटेक्निकबाट उत्पादन भएका जनशक्तिले साथ दिने र उच्च योग्यताका विद्यार्थीहरू उत्पादन हुनेमा पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा सभाअध्यक्ष तथा प्रतापपुर गापाका अध्यक्ष उमेश चन्द्र यादवले संघीय सांसद विनोद चौधरीले गर्नु भएको युवा स्वरोजगार र विकास केन्द्रित राजनीतिको पहिलो पाईला स्वरूप सुस्ता गाउँपालिकामा केराबाट उत्पादन हुने चिप्स उद्योग र प्रतापपुरमा बहु उदेश्यसहितको टेक्निकल स्कुलको स्थापनाको पहिलो खुट्किला शुरू भएको जनाए । पोलिटेक्निक स्कुलमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई शुभ कामना दिदै प्रतापपुर गाउँपालिका सदैव युवाहरूको सीप बिकासमा साथ रहने बताउदै, प्राबिधिक शिक्षामा सहयोग गरेकोमा चौधरी ग्रुप तथा स जि पोलिटेक्निक परिवारलाई धन्यवाद दिए ।

माननीय विनोद चौधरीको जन सम्पर्क कार्यालय नवलपरासी पश्चिमका जन सम्पर्क अधिकृत यज्ञ पाण्डेले उक्त कार्यक्रम संचालन गर्नुका साथै आजै शिक्षालयमा भर्ना भएका विद्यार्थीहरूलाई सिजि पोलिटेक्निकका प्रशिक्षकहरू ओरिएंटेशन कक्षा पनि शुरू गर्नु भएको छ ।उक्त पोलिटेक्निक स्कुलको उद्घाटन चौधरी गुप्र प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस अगाबै गर्नु भएको थियो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.