Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चितवन महोत्सवको तयारी तीव्र, कृषिलाई विशेष प्राथमिकता दिइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७९ मा प्रकाशित

चितवन, पुस ४ । चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको महोत्सव यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुँदैछ ।

महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सवस्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । विगतका महोत्सवभन्दा यस महोत्सव पृथक बनाइने भन्दै श्रेष्ठले महोत्सवमा करिब पाँच सय स्टल रहने जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले घरेलु तथा लघु उद्योगको उत्पादनलाई प्रवद्र्धन गरिने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यसवर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा हामीले माछा, मौरी, केरालगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ ।” यसपटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको उहाँको भनाइ छ । महोत्सवमा बालउद्यानसहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरू हुनेछन् ।

महोत्सवस्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उहाँले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका कार्यकारी निर्देशक नीलबहादुर केसीले यस महोत्सवमा पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेरस्टल निर्माण हुने बताउनुभयो ।

“महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ”, केसीले भन्नुभयो, “साना उद्योगमा प्रयोग हुने मेसिनरीलाई प्रवद्र्धन गर्दै युवास्वरोजगारलाई जोड दिनेगरी महोत्सव हुँदैछ ।” न्यून पूँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरण महोत्सवमा रहने केसीको भनाइ छ । महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको गोष्ठीको आयोजना हुने केसीले बताउनुभयो ।

चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.