बुटवल, चैत्र ३० । पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिएका छन् ।
साे अवधिमा १ हजार ४८८ नमुनामध्ये ५४१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार नयाँ थपिएकासहित सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।
बिहीबार ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किंदा संस्थागत आइसाेलेसनमा २७ जना, आइसियुमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेकाे मन्त्रालयकाे भनाइ छ ।























