काठमाडौं, वैशाख ३ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।
गत वर्ष २०७९ को अन्तिम दिन (चैत ३० गते) छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी चैत ३० गते तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । गएको शुक्रबार र शनिबार सार्वजनिक बिदाका कारण महासंघले नयाँ मूल्य तोकेको थिएन ।























