काठमाडौं, वैशाख ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई–मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्रीले द्रुतमार्गका विभिन्न खण्डमा पुगेर अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा उनीसँगै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागीसहित सचिवहरू र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा समेत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।























