काठमाडौं, वैशाख ५ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् । दुई हजार २९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।























