Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रपति पौडेल अस्वस्थ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ६, २०८० मा प्रकाशित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पाँच दिन अस्पताल बसेर एक साताअघि निवास फर्केका राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ।

शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य अवस्था पनि असहज बनेपछि मंगलबार उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेलको फोक्सोको तल्लो भागमा पानी र पेटमा संक्रमण देखिएपछि थप उपचारका लागि चिकित्सक, परिवारका सदस्य र सरकारले विभिन्न विकल्पमा परामर्श गरिरहेका छन्। सरकारले बुधबार बिहान राष्ट्रपति पौडेलको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने स्रोतको दाबी छ।

‘परिवारका सदस्यको चाहना छिमेकी मुलुक भारत वा अन्यत्र लैजाने कि भन्नेजस्तो देखिएको छ,’स्रोतले भन्यो, ‘उपचारमा संलग्न चिकित्सकको परामर्शमा सरकारएउटा निर्णमा पुग्छ।’

त्रिवि शिक्षण अस्पताल प्रशासन प्रमुख वैकुण्ठ थपलियाले मंगलबार राति जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य स्थिति असहज बनेपछि उपचारार्थ अस्पतालमा भर्ना भएको जनाइएको छ। तर विज्ञप्तिमा स्वास्थ्यमा देखिएको असहज अवस्था के हो भन्नेबारे उल्लेख गरिएको छैन। चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलको उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सरकारले मंगलबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल पठाएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि राष्ट्रपतिलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। पिसाबमा संक्रमण देखिएपछि राष्ट्रपति पौडेल अघिल्लो शनिबार सोही अस्पतालमा भर्ना भएका थिए।

उपचार गराएर बुधबार सरकारी निवास फर्केका राष्ट्रपति पौडेलले सोमबार ‘फलोअप’परीक्षण गराएका थिए। त्यसक्रममा फोक्सोको तल्लो भागमा पानी देखिएको थियो। फोक्सोमा पानी देखिएकाले त्यो क्यान्सरका कारणसमेत हुन सक्ने आशंका गर्दै चिकित्सकले थप परीक्षणका लागि पठाएका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.