Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आईपीएल: राजस्थानविरुद्ध लखनउको रोमाञ्चक जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ७, २०८० मा प्रकाशित

काठमाडौं । इन्डियन प्रमियर लगि (आईपीएल) क्रिकेटमा लखनउ सुपर यायन्ट्सले चौथो जित निकालेको छ। बुधबार राति जयपुरमा भएको रोमाञ्चक खेलमा लखनउले राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकाल्यो।

पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो। १५५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो।

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४४ रन बनाए। जोस बट्लरले ४० तथा देवदत्त पाडिक्कलले २६ र रियान परागले १५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

राजस्थानविरुद्ध लखनउका अभेस खानले ३ तथा मार्कस स्टोनिसले २ विकेट लिए।

लखनउले १५४ रन बनाउने क्रममा कायल मेयर्सले सर्वाधिक ५१ रन बनाए। अर्धशतकीय पारी खेल्ने क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे। कप्तान केएल राहुलले ३९ रन बनाए भने निकोलस पूरनले २९ र मार्कस स्टोनिसले २१ रन बनाए।

लखनउविरुद्ध राजस्थानका रभिचन्द्रन आश्विनले  २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र जासोन होल्डरले समान १–१ विकेट लिए।

बुधबारको खेलमा लखनउसँग हार बेहोरे पनि ६ खेलमा ४ जित निकालेर ८ अंक जोडेको राजस्थान रन रेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा छ। ६ खेलमा ४ जित निकालेर ८ अंक बटुलेको लखनउ दोस्रो स्थानमा छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.