काठमाडौं, वैशाख ७ । पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुल १६४५ नमूना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५६ र एन्टीजेनबाट ११८९ नमुना परीक्षण गर्दा पीसीआरबाट ७२ र एन्टिजेनबाट ३१ को रिपोर्ट पोजिटिभ आएको हो ।
यो अवधिमा ६१ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।























