काठमाडौ । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ।























