Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई नर्मल वार्डमा सारियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख ११, २०८० मा प्रकाशित

काठमाडौ । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधारसँगै नर्मल वार्डमा सारिएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको हो । ६ वैशाखमा भर्नासँगै आइसियूमा राखेर उपचार थालिएको थियो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ‘चिकित्सकको जानकारीअनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको छ । स्वास्थ्य परीक्षण पनि क्रमिक रूपमा भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने । नेपालमा भएका स्वास्थ्य परीक्षणको पुनः परीक्षण गरिएको छ । राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको गरी दुई टोली संलग्न छ ।

गत मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक र परिवारको सल्लाहमा दिल्ली लगिएको थियो । राष्ट्रपति पौडेलको साथमा निजी चिकित्सक नीरज बम, परिवारका सदस्यसहित सातजना चिकित्सकको टोली दिल्लीमा छ । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको चिकित्सकले बताएका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved