काठमाडौ । इंग्लिस एफए कपको उपाधिका लागि दुई म्यानचेस्टर क्लबबीच भिडन्त हुने भएको छ । दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि जित हात पारेसँगै उपाधिका लागि सिटीसँगको भेट पक्का भएको हो।
आइतबार राति भएको खेलमा युनाइटेड र ब्राइटनबीच निर्धारित र थप समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा युनाइटेड ७-६ गोलले विजयी भयो।
अब उपाधिका लागि युनाइटेड र सिटीबीच ३ जुनमा प्रतिस्पर्धा हुनेछ । यसअघि सिटीले सेफिल्डलाई सेमिफाइनलमा हराएर फाइनलमा स्थान बनाएको थियो।























