Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • बैशाख १३, २०८० मा प्रकाशित

काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरेपछि गिरोनाले स्पानिस ला लिगाको दोस्रो स्थानको रियल मड्रिडमाथि सानदार जित हात पारेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा गिरोनाले रियललाई ४-२ ले पराजित गरेको हो ।

न्युयोर्क सिटीबाट लोनमा आएका २४ वर्षीय कास्टेलानोस रियलविरुद्ध ला लिगामा ४ गोल गर्दे ७५ वर्षयता पहिलो खेलाडी समेत बनेका छन् । सन १९४७ डिसेम्बरमा रियल ओभिएडवका एस्टेबान एचाभेरिअले रियल मड्रिडविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।

कास्टेलानोसले  खेलको १२औ र २४औं मिनेटमा गोल गरेपछि गिरोनाले सुरुमै २-० को अग्रता बनाएको थियो । ३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर दोस्रो हाफको पहिलो मिनेटमै कास्टेलानोसले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने गिरोनालाई ३-१को अग्रता दिलाए । ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दा गिरोनाले गोलअन्तर ४-१ को अग्रता बनायो । ८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे ।

दोस्रो स्थानको रियल पराजित हुँदा लिग लिडर बार्सिलोनालाई उपाधि यात्रामा फाइदा पुगेको छ । लिग लिडर बार्सिलोना र रियलबीच ११ अंकको अन्तर छ र बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले बिहीबार रायो भालेकानोलाई पराजित गरेमा १४ अंकको अन्तर हुनेछ । बार्सिलोनाले ३० खेलबाट ७६ अंक छ भने ३१ खेल खेलेको रियलको ६५ अंक छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved