Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चार सय आरोही सगरमाथा शिखरमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ५, २०८० मा प्रकाशित

काठमाडौ । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्। वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए।

उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको शिखरमा पुगेको जानकारी दिँदै भने, ‘सन् २०१९ पछि एकैदिन सबैभन्दा बढी आरोही गत बुधबार सगरमाथाको शिखरमा पुगेका हुन्।’ यसपटक बाटो तयार हुन अलि समय लागेकाले धेरै आरोही आधार शिविरमा रोकिएका थिए। यसअघि सन् २०१९ को मे २३ मा एकैदिन ३५४ जनाले सगरमाथा आरोहण गरेका थिए।

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेको जानकारी दिँदै कोइरालाले भने, ‘आरोहण खुला भएसँगै सयौं आरोही चुचुरोतर्फ लागिसकेका छन्। बिहीबारसम्म करिब ४०० आरोही सगरमाथा शिखरमा पुगिसकेका छन्। आरोहणको क्रम केही समयसम्म निरन्तर बढ्नेछ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण इतिहासमा यसपटकको वसन्तकालीन आरोहणका लागि सबैभन्दा धेरैले अनुमति लिएका छन्। सन् १९५३ मे २९ मा पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सगरमाथा आरोहण यात्रा सुरु भएको हो। सगरमाथामा मानव पाइला टेकेको ७० वर्षको इतिहासमा यसपटकको वसन्तकालीन आरोहणका लागि सबैभन्दा धेरै आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।

यसपटक हिमालप्रतिको मोह बढी देखिएको जानकारी दिँदै अधिकृत कोइरालाले यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए। उनले भने, ‘हिमाल चढ्नु सबैभन्दा साहसिक र संवेदनशील काम हो।

हिमाल आरोहणप्रतिको यो आकर्षणले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपेको छ। कोभिडपछि विश्व नै आर्थिक संकटमा परेको अवस्थामा आरोहणमा देखिएको आकर्षण मुलुकका लागि खुसीको कुरा हो। यसपटक इतिहासकै धेरै संख्यामा आरोहीले सगरमाथा आरोहण गर्न अनुमति लिएका छन्। यसको मतलब सबैभन्दा बढी राजस्व दस्तुर पनि संकलन भएको छ। यसले समग्र मुलुक र पर्यटन क्षेत्रलाई योगदान दिएको छ।’

गत शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा आइसफल डाक्टरहरूको समूहले आरोहणका लागि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम सकेपछि यसपटकको वसन्तकालीन आरोहण सुरु भएको हो। सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका नौजना शेर्पाले चुचुरोसम्मको बाटो खोलेका थिए।

कोभिडपछि विश्व नै आर्थिक संकटमा परेको अवस्थामा आरोहणमा देखिएको आकर्षण मुलुकका लागि खुसीको कुरा हो।

गत वर्ष वैशाख २४ गते आइसफल डाक्टरहरूले सगरमाथा शिखरसम्म जाने बाटो तयार गरेका थिए। यसपटक ६ दिन ढिला शिखरसम्मको बाटो खोलिएको हो। प्रतिकूल मौसमका कारण डोरी टाँग्ने काम गत वर्षभन्दा यसपटक केही दिन ढिला भएको हो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.