Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गलकोटमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ७, २०८० मा प्रकाशित

बागलुङ, जेठ ७ । पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो ।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । सबैभन्दा विकट मानिने वडा नं १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उनको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्या घटेको उनी बताउछन् ।

उनले भने, “विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुपर्यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएको पाएको छु भने घरमा सुत्केरी हुने परम्परा पनि हटेको छ ।”

उनले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले रु चार हजार पाँच सय प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताए । ‘नगरप्रमुख मातृ तथा पोषण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार आठपटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ । गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उनले बताए ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोहीअनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउछन् । उनले आवश्यकताका आधारमा नगरपालिकाले दुर्गम स्थानमा बर्थिङ सेन्टर स्थापना गरेपछि स्थानीय गर्भवती महिलाले गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएको र स्वास्थ्यकर्मीले समय–समयमा ‘होमडेलिभरी’का बारेमा जानकारी गराउने हुँदा नगरपालिकामा ‘होमडेलिभरी’ शून्य हुन पुगेको जानकारी दिए ।

“पहिले–पहिले रमुवा क्षेत्रमा घरमै सुत्केरी भएको भन्ने सुनिन्थ्यो, अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, अहिले वडा–वडामा बर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनी पनि सचेत र शिक्षित बन्दै जानु भएको छ”, प्रमुख पौडेलले भने, “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुनेरहेछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलोपटकदेखि नै काउन्सिल गरिरहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो, केही समययता घरमै सुत्केरी भएको सुनिएको छैन ।”

बर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनाइएको छ । दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा शिशुको मृत्यु हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । नगरपालिकाले विसं २०७५ देखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । गलकोट नगरपालिकामा नौवटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । पालिकाका सातवटै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको व्यवस्थापन गरिएको उनको भनाइ छ । रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved