Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलमा मच्छिन्द्रसंग न्युरोड पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ८, २०८० मा प्रकाशित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टोली (एनआरटी) लाई पराजित गरेको छ।

सातदोबाटोस्थित च्यासल खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र न्युरोड टोली एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मच्छिन्द्रको जितमा आफिज ओलावालेले र सौरभ लिम्बूले समान एक/एक गोल गरे।

ओलावालेले खेलको ३१औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सौरभले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित दिलाए। यस जितसँगै मच्छिन्द्रले २० खेलमा ३४ अंक जोडेको छ। समान खेल खेलेको  एनआरटीले २३ अंक जोडेको छ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको छ।

खेलको १३औँ मिनेटमा मनाङका कोफी कुडोलले पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता लिए। एपिएफका खेलाडी विश्वास सुन्दासले पेनाल्टी क्षेत्रभित्र मनाङका सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टी पाएको थियो। यसको सदुपयोग कोफीले गरे।

त्यस्तै, खेलको २०औँ मिनेटमा एपिएफका खेलाडी नवीन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको २६औँ मिनेटमा मनाङका सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ गोलको अग्रता दिलाए।

मनाङले खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनायो। मनाङको २–१ गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको दोस्रो हाफमा एपिफले एक गोल थपेपछि खेल २/२ गोलको बराबरीमा सकियो। खेलको ६४औँ मिनेटमा एपिएफका अर्मान्ड विडोमले गोल गरेका थिए।

यस बराबरी खेलसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ। समान खेल खेलेको एपिएफले २३ अंक जोडेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.