काठमाडौ । सोमालियाबाट विस्थापित भएर नेपाल आएका सोमालियन शरणार्थीहरुले काठमाडौंमा धर्ना दिएका छन् । ९८ दिनदेखि धर्नामा रहेका उनीहरुले आज महाराजगञ्जस्थित राष्ट्रसंघीय उच्चायोगको कार्यालयबाहिर पलेटी कसेका हुन् ।
सोमालियन नागरिक पाहाद युसुफको नेतृत्वमा भएको धर्नामा पाँच जनाको उपस्थिति छ । गृहयुद्धको कारण मुलुकबाट विस्थापित हुनुपरेको र तत्काल सोमालिया फर्किने स्थिति नरहेको बताउँदै उनीहरुले आफूहरुलाई गाँस,बास र कपासलगायतको व्यवस्था गरिदिन उच्चायोगको कार्यालयसँग माग गरेका छन् ।
उच्चायोगको कार्यालयले युरोपेली मुलुकका नागरिकलाई गरेको सहयोग आफूहरुलाई पनि गर्नुपर्ने उनीहरुको भनाइ छ ।























