Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जाजरकोटमा पनि पठाइयो अस्थायी आवासको पहिलो किस्ता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १५, २०८० मा प्रकाशित
रुकुम पश्चिम । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न जाजरकोटमा पनि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु भएको छ । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो । रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् ।
शेरबहादुर शाही, अध्यक्ष, शिवालय गाउँपालिका

वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएकाछौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुन सक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन् । त्यसैले फेरि फाराम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।

शिवालय गाउँपालिकामा पहिलो दिन तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले बताए । उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार पठाइएको छ ।

पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । ‘वडाबाट आएको विवरणलाई प्रशासनमा पठाएका छौँ, यीमध्ये पनि कसैका दुईवटा घर हुन सक्छ, कोही लाभग्राही सूचीमै नपरेका पनि हुन सक्छन्,’ उनले भने, ‘त्यसैले फेरि फाराम भर्न लगाएर वास्तविक पीडितलाई अनुदान दिन्छौँ, यसका लागि दुई–तीन दिन लाग्न सक्छ ।’

जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले अन्य स्थानीय तहबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए । शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने उनको विश्वास छ ।

जाजरकोटमा ३४ हजार चार ९८ घरमा भूकम्पले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । जसमध्ये नौ हजार सात सय ९४ घरमा पूर्ण र २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ ।

रुकुम पश्चिमका स्थानीय तहमा साढे २१ करोड गयो 
जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले रुकुम पश्चिमका स्थानीय तहमा भने मंगलबारदेखि नै पहिलो किस्ताको रकम पठाउन थालेको थियो । बिहीबारसम्म २१ करोड ४६ लाख २५ हजार रुपैयाँ पुगेको छ । बिहीबार मात्रै आठबिसकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका लागि १८ करोड ९२ लाख ७५ हजार पठाइएको जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार सबैभन्दा बढी आठबिसकोटमा चार हजार लाभग्राहीका लागि दश करोड, चौरजहारीमा दुई हजार पाँच सय ११ लाभग्राहीका लागि ६ करोड २७ लाख ७५ हजार र त्रिवेणी गाउँपालिकामा एक हजार ६० लाभग्राहीका लागि दुई करोड ६५ लाख रकम गएको छ ।

अहिलेसम्म गएको रकम पनि आठबिसकोटमै सबैभन्दा धेरै छ । त्यहाँ चार हजार पाँच सय परिवारका लागि ११ करोड २५ लाख रुपैयाँ पठाइएको छ । त्यस्तै, चौरजहारी नगरपालिकामा दुई हजार पाँच सय ११ परिवारका लागि ६ करोड २५ लाख ७५ हजार, त्रिवेणी गाउँपालिकामा एक हजार एक सय २४ परिवारका लागि दुई करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० परिवारका लागि एक करोड १२ लाख ५० हजार पहिलो किस्ताबापत गएको बढुवालले बताए ।

तीन दिनमा जिल्लाभरमा गरेर आठ हजार पाँच सय ८५ लाभग्राहीलाई जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषबाट पहिलो किस्ता स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा गएको छ । स्थानीय तहले लाभग्राही यकिन गरेर जिल्लामा पठाइरहेका छन् भने त्यसका आधारमा जिल्लाबाट धमाधम पहिलो किस्ता स्थानीय तहमा गइरहेको छ ।

स्थानीय तहहरूले पनि कोषमा आएको रकम धमाधम वितरण गरिरहेको बताएका छन् । त्रिवेणी गाउँपालिकामा बुधबार नै ६४ परिवारलाई वितरण गरिएको थियो । अन्य पालिकाले पनि वितरण प्रक्रिया सुरु भएको जनाएका छन् । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले शुक्रबारबाट अनुदान वितरणको काम सुरु हुने बताए । रुकुम पश्चिममा २६ हजारभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । अस्थायी आवासका लागि सरकारले रुकुम पश्चिम र जाजरकोटका लागि ५०–५० करोड पठाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved