महोत्तरी । अगामी पुस १ गतेदेखि आयोजना हुने प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि महोत्तरीमा टिम घोषणा गरिएको छ। शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।
महोत्तरीकी पूजा महतोले राष्ट्रिय टिममा डेब्यू गरेपछि नेपाली महिला टिममा अलराउन्डरको रुपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।























