Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुनसरीको धरानमा पढाइ सुधार्न घर–घरमा शिक्षक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १८, २०८० मा प्रकाशित

धरान (सुनसरी) । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन्। नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो।

दसैँ, तिहारलगायत बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर–घरमा पुगेर घरदैलो अभियानको सुरु गरेको प्रधानाध्यापक डा इन्द्रमोहन झाले बताए। विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब एक हजार जना विद्यार्थीका घर–घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्।

शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीको पारिवारिक अवस्था, विद्यालय र घरको दूरीलगायत विषयमा छलफल गर्दै शैक्षिकस्तर सुधारका लागि अभिभावकसँग राय सङ्कलन गरेका छन्। “विद्यार्थीका पारिवारिक अवस्था, विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयको शैक्षिक अवस्थालाई थप सुधार्न सकिन्छ रु भनेर अभिभावकसँग राय माग्यौ’ शिक्षिका रञ्जिता परियारले भने, “अभिभावकहरुले छोराछोरीको पढाइ र लागेका समस्या हामीलाई अवगत गराउनुभयो।”

घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदन शिक्षकहरुले बुधबार विद्यालयमा बुझाएका छन्। घरदैलो अभियानमा सहभागी शिक्षिका रञ्जिता परियारले केही विद्यार्थीको घरमा पढ्ने वातावरण समेत नभएको पाइएको नपाएको बताए। करिब एक हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा झाको भनाइ छ। शिक्षकहरुले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ।

“विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घर–घर पठाइएका हौँ”, प्रअ डा झाले भने, “हाम्रा लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका र्छौ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीेले यस्तो अभियानलाई निरन्तरता दिइने बताए।

सबैको रोजाइमा पब्लिक
पब्लिक उच्च मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार चार सय विद्यार्थी अध्ययनरत छन्। नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङको पढाइ हुँदैआएको छ। यस वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ब्यूटिसियन र हेयर ड्रेसिङ जस्ता विषयमासमेत पढाइ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।

प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ। व्यवस्थित पुस्तकालय र साइन्स ल्यावसमेत छ। विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानोमध्ये एक हो। धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले यस विद्यालयबाट बाँकी विद्यालयले धेरै सिक्न सक्ने बताए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.