Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वैशाखमा संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १९, २०८० मा प्रकाशित
काठमाडौं  । निर्वाचन आयोगले आगामी वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउन योजना बनाएको छ । राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले आगामी वैशाखको दोस्रो सातातिर निर्वाचन गराउने योजना बनाएको हो । आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ । आयोगका अनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उहाँ निर्वाचित इलाम क्षेत्रनम्बर २ रिक्त भएको हो ।यसै गरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उहाँ निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ । रिक्त हुन आएको प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुरूप आयोगले उपनिर्वाचन गराउने विषयमा छलफल शुरू गरेको थियो ।

यही माघ ११ गते तय राष्ट्रिय सभाको उपनिर्वाचनसँगै संघ, प्रदेश र स्थानीय तहमा वैशाखभित्रमा निर्वाचन गराउन सकिने विषयमा सरकारसँग परामर्श गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । जाडोको समयमा अहिले रिक्त रहेका पदमा निर्वाचन गराउन सक्ने अवस्था नरहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘वैशाखको दोस्रो साता वा त्यसपछि निर्वाचन गराउन सक्ने विषयमा सरकारसँग छलफल भइरहेको छ ।’ एकैपटक गर्दा व्यवस्थापकीय र प्राविधिक तयारी गर्न सजिलो हुने भएकाले एकैपटक उपनिर्वाचन गराउने तयारी भइरहेको पनि प्रमुख निर्वाचन आयुुक्त थपलियाको भनाइ रहेको छ ।
प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा पहिलो भई निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने प्रावधान छ । तर स्थानीय तहको हकमा उपनिर्वाचन सरकारले तोक्नुपर्ने प्रावधान रहेको छ ।

एक नगरपालिका प्रमुख र एक गाउँपालिकाका अध्यक्षसहित देशभरका स्थानीय तहमा १७ जना वडाअध्यक्ष रिक्त रहेका छन् । आयोगका अनुसार अधिकांश जनप्रतिनिधिको निधन भएका कारण ती स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको हो । त्यसका अतिरिक्त केही वडाध्यक्ष जिसस प्रमुख भएको र एकाधले राजीनामा दिएका कारण स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचन ऐन २०७३ को उपदफा २ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने भनिएको छ ।

तर, एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन नगरिने सोही उपदफामा उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने भएमा नेपाल सरकारले मिति तोक्ने भन्ने उल्लेख छ । ‘यी प्रावधानलाई आधार बनाएर उपनिर्वाचनको मिति घोषणा गर्नेबारे सरकारसँग औपचारिक र अनौपचारिक रूपमा छलफल भइरहेको छ’ –प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो । यही माघ ११ गते राष्ट्रियसभाको उपनिर्वाचन सम्पन्न भएपछि संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनको तयारी औपचारिक रूपमा अघि बढाउने आयोगले जनाएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.