Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महिला प्रधानमन्त्री भएको हेर्ने चाहना छ : प्रधानमन्त्री दाहाल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २७, २०८० मा प्रकाशित

काभ्रे। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने चाहना भएको बताएका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता महत्त्वपूर्ण पदमा नियुक्ति भए पनि प्रधानमन्त्री अझै नभएकाले महिला प्रधानमन्त्री भएको देख्न चाहेको प्रधानमन्त्री दाहालले बताए ।

नेपालमा पहिलो पटक पाँचखाल नगरपालिका वडा नम्बर ७ मा स्थापना गरिएको ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफु महिलामैत्री भएकाले महिलाका हक अधिकारका लागि सधैँ लडिरहेको बताए । ‘संविधानले व्यवस्था गरेको संघीय संसदमा ३३ प्रतिशत तथा स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य भए पनि राजनीतिक सहभागिताले मात्रै आर्थिक सशक्तीकरण सम्भव छैन’–प्रधानमन्त्री प्रचण्डले भने–‘महिलाहरु भ्रष्टाचारमा समेत संलग्न छैनन । महिलाहरुले उद्योग सञ्चालन गरे भने मुलुकको समृद्धि र अर्थतन्त्रका लागि हरित औद्योगिक पार्क महत्त्वपूर्ण बन्नेछ ।’ आफु हरित क्रान्तिको पक्षमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौँ विश्वविद्यालयले तयार गरेको हाइड्रोजन गाडी चढ्ने, क्लिन र ग्रिन इर्नजी उत्पादनलाई प्रोत्साहन गर्ने चाहना व्यक्त गरे ।

‘हरित क्रान्तिको युग सुरु भयो’–प्रधानमन्त्री प्रचण्डले भने–‘महिला उद्यमी हरित औद्योगिक पार्क त्यसको जग हो ।’ पाँचखाल नगरपालिका र नगर प्रमुख महेश खरेललाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, महिला उद्यमीहरुका विषयमा संवेदेनशिल बन्ने अभियानलाई निरन्तर दिन अनुरोध गरे । सरकारले अर्थतन्त्रको दबाब हटाउन, अन्तर्राष्ट्रिय छवि बढाउन, लगानी आकर्षण गर्न र सुशासन कायम गर्न निरन्तर कार्य गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानामन्त्री प्रचण्डले धुलिखेल खावा सडकमा चासो राख्दै तत्काल निर्माण ब्यवसायीलाई ताकेता गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निर्देशन दिए ।

अर्थमन्त्री डा.प्रकाशरण महतले महिलाहरुको राजनीतिक सशक्तीकरणसँगै आर्थिक सशक्तीकरण जरुरी रहेको बताए । ‘राजनीतिमा मात्रै नभई आर्थिक रुपमा पनि महिलाको सशक्त र सार्थक सहभागिता आवश्यक छ’–अर्थमन्त्री महतले भने–‘विशिष्ट प्रकारका उत्पादन गर्दा मात्रै बजार सहज हुने भएकाले उत्पादनलाई अर्ग्यानिक तथा आकर्षक बनाउनु जरुरी छ ।’ विषादी मुक्त अभियानमा पाँचखालले खेलेको भूमिका प्रशंसा गर्दै अर्थमन्त्री महतले स्थानीय वस्तुहरुको उत्पादनमा जोड दिँदै पार्कको सञ्चालन पछि उत्पादन हुने आर्गानिक उत्पादनले बजार सहज हुने बताए । अर्थमन्त्री महतले उद्योग सञ्चालनमा बजेट तथा आवश्यक नीति र कानुनहरूको व्यवस्थापनमा सहयोग गर्ने बताए ।

पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले देशभर रहेका अन्य उद्योग भन्दा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ फरक रहेकाले यहाँको उत्पादन अन्तर्राष्ट्रिय बजारमा सहज रुपमा निर्यात हुने बताए । स्थानीय बस्तुहरुको प्रयोग गरेर उत्पादन हुने सामाग्रीहरु मध्ये १२ प्रकारका बस्तुहरु भारतमा निर्यातका लागि सम्झौता भइसकेको बताउँदै नगर प्रमुख खरेलले पार्क सञ्चालनमा आए लगत्तै प्रत्यक्ष रुपमा एक हजार भन्दा धेरैले रोजगार पाउने बताए । ‘कृषि शहर, पाँचखाल नगर’ भन्ने नारालाई सार्थक बनाउन कृषि उपजहरुलाई उत्पादनसँग जोड्दै उद्योगका रुपमा स्थापित गर्न ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ महत्त्वपूर्ण हुने खरेलले बताए । बार्षिक एक खर्ब निर्यात गर्ने लक्ष्य लिएको उक्त पार्कमा ५० वटा उद्योग सञ्चालन हुनेछन् । महिलाहरुले मात्रै सञ्चालन गर्ने उद्योगमा स्थानीय उत्पादनहरु प्रयोग गरिनेछ । उक्त पार्कलाई बहुबर्षिय योजनामा समावेश गरी बजेट अभाव हुन नदिन र कृषकहरुले उत्पादन गरेका सामाग्री कम मूल्यमा विक्री गर्नु पर्ने अवस्थाको अन्त्य गर्न नगर प्रमुख खरेलले सरकारका प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।

१ सय रोपनी जमिन २५ वर्षसम्म भाडामा लिएर स्थानीय सरकार पाँचखालले दक्षिण एसियाली महिला विकास मञ्चसँगको सहकार्यमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण गर्न लागेको हो । मञ्चकी अध्यक्ष प्रमिला आचार्यले २०७८ सालमा सुरु भएको उद्योग खोल्ने सपना पुरा गर्ने अभियानमा दुई तहका सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपालमा कार्यविधि संशोधन र कार्यान्वयनमा फास्ट ट्रयाक आवश्यक रहेको बताइन् । ‘कृषि पर्यटक पार्कको रुपमा प्रर्वद्धन गर्न पाँचखाल नगरपालिकासँगको सम्झौता अनुसार ५० वटा लघु तथा साना र मझौला उद्योग सञ्चालनका लागि गुरु योजना, विस्तृत योजना र वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ’–अध्यक्ष आचार्यले भनिन–‘दक्षिण एशियाका सबै मुलुक भित्र हुने उद्योगका सिप, प्रविधि र अनुभव साटासाट गर्दै उत्पादित बस्तुहरु निर्यात गरिनेछ । महिलाहरुको आर्थिक शशक्तिकरणमा उक्त पार्क नेपालमै नमुना हुनेछ ।’ सरकारले आवश्यक ठानेमा अन्य ६ वटा प्रदेशमा पनि यस्तै उद्योगहरु सञ्चालन गर्न सक्ने बताउँदै अध्यक्ष आचार्यले पार्क भित्र प्रविधि, सिप, स्थानीय बस्तुहरुको प्रयोगसँगै हरित क्रान्तिको अभियानलाई सफल बनाउन आवश्यक पूर्वाधारहरू तयार गरिने बताइन् ।

‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ की अध्यक्ष शारदा रिजालले पार्कमा उत्पादित सामानहरुको प्याकेजिङ्ग, ग्रेडिङ तथा प्रशोधनका लागि सिप र प्रविधिको उच्चतम प्रयोग गर्दै उत्पादित सामानहरु निर्यातसँगै चोक चोकमा हरेक हप्ताको एक पटक हाटबजारका रुपमा विक्री गरिने बताइन् । स्थानीय स्तरमै प्राप्त हुने कच्चा पर्दाथ तितेपाती, रातोमाटो, सिस्नु, अमला, मह, कोदो, आलु लगायतका विभिन्न खालका तरकारी तथा अन्य सामाग्रीहरुको प्रयोग हुने उनले बताइन् । मुलुकमा भएका औद्योगिक ग्राम, विशेष आर्थिक क्षेत्र भन्दा विल्कुल फरक महिला उद्यमी हरित औद्योगिक पार्कलाई फरक ढंगबाट सञ्चालन गर्ने उनले बताइन् । स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयहरुले उक्त पार्क निर्माण र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.