Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भारतको दक्षिण अफ्रिकामाथि इतिहासकै फराकिलो जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २९, २०८० मा प्रकाशित

काठमाडौँ । भारतले टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित निकालेको छ। जुन भारतले दक्षिण अफ्रिकामाथि निकालेको इतिहासकै सर्वाधिक फराकिलो जित हो। यसअघि भारतले राजकोटमा ८८ रनको जित निकालेको थियो।

तीन खेलको टी-२० सिरिजको अन्तिम खेल जितेसँगै भारतले सिरिज १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेमला दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको थियो।

जोहन्सबर्गको वान्डरस स्टेडियममा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको आयोजक दक्षिण अफ्रिका १३.५ ओभरमानै अलआउट हुँदै ९५ रनमा समेटियो। उसका लागि डेभिड मिलरको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै कप्तान एइडन माक्रमले २५ रन बनाउँदा डोनोभन फेरेइराको १२ रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

भारतका लागि कुलदीप यादवले २.५ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिएका थिए। त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिंदा मुकेश कुमार र अर्सदीप सिंहले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान सुर्यकुमार यादवले १०० रनको शतकीय इनिङ खेले। त्यस्तै ओपनर यश्शवी जैसवालले ६० रन बनाउँदा रिन्कु सिंह १४ रन बनाएर आउट भएका थिए। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो।

अब यी दूई टिमबिच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ। पहिलो खेल १७ डिसेम्बर मा जोहान्सबर्गमा हुनेछ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.