Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आर.आर. क्याम्पसमा बि.ए. तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ३०, २०८० मा प्रकाशित

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता, शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा पत्रकारिता हलमा छलफल भएको छ ।

मंशिर २८ गते बिहिबार भएको कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा भर्ना भएका विद्यार्थीहरु टुलुटुलु हेरिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । सो छलफलमा नेपालभाषा शिक्षिका सृमिला सुवालले आफूले नेपालभाषा विषय बचाउनकालागी सुरुको शैक्षिक सत्र निशुल्क अध्यापन गराएको अवगत गराउँदै आगामी दिनमा नेपालभाषा कोलागी अझै पनि भोलियन्तर गर्न तयार रहेको छ ।

उपत्यकाको नं १ मानविकी क्याम्पसमा अरु खाली कक्षा हुँदा पनि सधैं ताला मारी राख्ने तर नेपालभाषा अध्ययनरत विध्यार्थीहरूलाइ कक्षा अभावले बि.ए. प्रथम, द्वितीय, तृतीय र चौंथौं वर्षको सबै कक्षा एउटै कक्षामा मर्ज गरेर लिनुपर्ने बाध्यता र लाजमर्दो अवस्था रहेको र सो समस्या क्याम्पसले चाडै अन्त्य गर्नु पर्ने माग राखे ।

यस बर्षको नयाँ सत्रमा तीन जना विध्यार्थी भर्ना भएको अवगत गराउँदै देशको संविधान कानुन अनुसार मातृभाषाबाट अध्ययन गर्न पाउने जनाउँदै तथा नेपालभाषा विषय लिएर भर्ना हुने विध्यार्थी अझै रहेको जनाउँदै यथासिघ्र नेपालभाषा विषयको कक्षा सञ्चालन गराउनु पर्ने तथा बि.ए. तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग राखे नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जनाए ।

तीनजना नेपालभाषाका विध्यार्थीहरूले अध्यापनबाट बन्चित भएको बिषयलाई लिएर नेपालभाषा अभियान्ता अमर डंगोलले देशको कानून तथा सांविधान तथा प्रादेशिक स्तरमा नेपालभाषा र तामांग भाषा अहिले अनिवार्य रुपमा काम काजीको भाषाको भएको आधारमा एक जना मात्रै नेपालभाषा अध्ययन गर्ने भए पनि क्याम्पसले नाफा मात्रै कमाउने दृस्ठिकोण परिवर्तन गरि विध्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकार को रक्षा गर्नु पर्ने जनाए ।

बि.ए. तहमा नेपालभाषा बिषय मा भर्ना भएका सिजन महर्जनले विश्वमा नेपाल एक स्वतन्त्र राष्ट्र घोषणा गर्न अहम योगदान गरेको रञ्जनालिपिको संरक्षक नेपालभाषाको अध्ययन गर्ने उदेश्यले भर्ना भएको तर प्रशासनले पहिलो गासमै ढुङ्गा चपाएको अनुभूति गराउँदा दुस्ख लागेको र विद्यार्थीहरुको अध्ययन गर्न पाउनु पर्ने हक अधिकारको सवालमा क्याम्पस प्रशासन लचिलो हुनु पर्ने तथा साथ दिनु पर्ने जनाए ।

सो दिवा सत्रका क्याम्पसका सहायक प्रमुख राम कार्कीले बि।ए। नेपालभाषा विषयमा शिक्षकको माग आपफुहरुले बारबार त्रि।वि सित शिक्षक दरबन्दी माग गरेको भएता पनि कुनै जवाफ अहिले सम्म नआएको धारणा राखे ।

नेपाल भाषा अभियान्ता हेराकाजी डंगोलद्वारा बहुभाषा धर्म बहुसंस्कृतिको विविधता युक्त नेपालमा संसारमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको भाषा लिपि संस्कृतिको जगेर्ना गर्ने कार्यमा सरकारी क्याम्पसले नाफा घाटा भन्दा पनी बाग्मती प्रदेशले कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउन सर्वसहमत रुपमा पारित गरेको नेपालभाषालाई रत्न राज्यलक्ष्मी क्याम्पसले स्थगन गरेको अस्वभनिय रहेको र यथाशिघ्र अध्यापन सुचारु गर्न प्रशासनलाई सचेत गराए ।

सो छलफल कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञवालीले सहभागी नेपाल भाषा अभियान्ताहरुको योगदानको प्रशंसा गर्दै केही प्रसाशनिक त्रुटिका कारण नेपालभाषा अध्यापन स्थगन भएको र पुस १ गतेदेखि पुन अध्यापन सुचारु हुने बाचा जनाए ।

सो छलफल कार्यक्रममा शिक्षक योगेन्द्र राज कर्णीकार, दिपना शर्मा लगायतले आ—आफ्नो धारणा राखे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.