Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कांग्रेस कर्णाली प्रदेश सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १, २०८० मा प्रकाशित
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

संसदीय दलको बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पपीडितका लागि आफ्ना सांसदको १५ दिनको तलब दिने निर्णय गरेको हो। कर्णाली प्रदेशसभाका कांग्रेसका १५ सांसद छन्। संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्पपीडितका लागि १५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए।

दलको बैठकले भूकम्पपीडितहरूको अस्थायी आवास निर्माण र पुनस्र्थापनाको काम तत्काल अघि बढाउन संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

बैठकमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको पनि भूमिका प्रभावकारी नभएको गुनासो सांसदहरूले राखेका थिए। पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले अबदेखि दलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

‘सरकारले गर्ने कामका विषयमा दललाई जानकारी गराउने प्रतिबद्धता मन्त्रीहरूले व्यक्त गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘सरकारले प्रभावकारी काम गर्न नसकेको र पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले समन्वय नगरेको गुनासोपछि उहाँहरूले उक्त प्रतिबद्धता जनाउनुभएको हो।’

बैठकले सरकारका कामकारबाहीका विषयमा सत्तारूढ दलको बैठक तत्काल बोलाउन सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। सरकार गठन भएयता सत्तारूढ दलको बैठक बस्न सकेको छैन।

पूर्वमुख्यमन्त्री शाहीद्वारा ५ लाख प्रदान

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पपीडितका १०० घर बनाउन ५ लाख रूपैयाँ हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेस प्रदेश कार्यसमितिले जाजरकोटमा ५० र रुकुम पश्चिममा ५० घर निर्माण गर्ने निर्णय गरेको छ।

‘उक्त घरहरू निर्माणका लागि आवश्यक पर्ने ५ लाख रूपैयाँ संसदीय दलका नेता शाहीले प्रदेश कार्यसमितिलाई ५ लाख रूपैयाँ हस्तान्तरण गर्नुभएको हो,’ स्वकीय सचिव राजबहादुर रोकायले भने, ‘अहिले जाजरकोट र रुकुम पश्चिममा घर निर्माणको काम भइरहेको छ।’

स्वकीय रोकायले रुकुम पश्चिममा महामन्त्री कृष्ण रोकाय र जाजरकोटमा उपसभापति सनथ कार्कीको नेतृत्वमा घर निर्माण भइरहेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.