Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

त्रिविको ४९ औं दीक्षान्त समारोह आज

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २, २०८० मा प्रकाशित

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज (सोमबार) हुँदैछ । त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ ।

७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए । एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ । त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन् ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनेछन् । समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक/कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ ।

पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारी साधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ । त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ ।

पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको व्यवस्था गरिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.