Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रम कार्यालयको ओएनएम स्वीकृत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०८० मा प्रकाशित

 

काठमाडौँ पुस १३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुनर्संरचनासहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ओएनएम स्वीकृत गर्दै ६८ दरबन्दी घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री कार्यालयमा २३४ जना कर्मचारी कार्यरत छन् ।

“प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पुनर्संरचना प्रधानमन्त्री कार्यालयबाटै सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोहीबमोजिम ६८ जनाको दरबन्दी कटौती भएका छन्,” मन्त्री शर्माले भन्नुभयो, “अब कस्ता दरबन्दी राख्ने कस्ता नराख्ने भन्ने मापदण्ड बनाइएको छ । कुन कुन दरबन्दी कसरी व्यवस्थापन गर्ने फाइनल लिस्ट आएको छैन ।” प्रधानमन्त्री कार्यालय पुनर्संरचना भएमा चुस्तदुरुस्त र कार्यात्मक हुने उहाँले बताउनुभयो ।

तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायण भट्टले प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्ने भनेर प्रतिवेदन मन्त्रीपरिषद्मा पेस भएकाले सबै विषय भन्न नमिल्ने जिकिर गर्नुभयो । मन्त्रीपरिषद्बाट निर्णय भई बाहिर आएपछि प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबारे भन्न सकिने उहाँले बताउनुभयो ।

यसै गरी सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६५० रुपियाँ निर्धारण गर्ने निर्णय गरेको छ । गत वर्ष गहुँको समर्थन मूल्य तीन हजार १६५ रुपियाँ तोकेको थियो । यस्तै मन्त्री शर्माले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्यसचिवमा महेश भट्टराई नियुक्त गरेको जानकारी दिनुभयो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved