Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पोखरालाई हराएर ललितपुर सिटी फाइनलमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०८० मा प्रकाशित

काठमाडौं । अतिरिक्त समयमा कुशल देउवाले गरेको विजयी गोलको सहयोगमा १० खेलाडीमा सीमित ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ।

दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायर खेलमा ललितपुरले पोखरा थन्डर्स एफसीलाई २–१ ले हराएको हो। योसँगै शनिबार हुने फाइनलमा धनगढी एफसी र ललितपुरले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी गत पहिलो संस्करणको फाइनलिस्ट टोली हो भने ललितपुरको यो पहिलो फाइनल खेल हुनेछ। गत संस्करणमा काठमाडौं रेजर्स एफसीले उपाधि जितेको थियो। तर, जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं ललितपुरसँग पराजित भएर बाहिरिएको थियो । धनगढीले पनि पोखरालाई नै हराएर फाइनलको यात्रा तय गरेको थियो।

निर्धारित समय १–१ बराबरीमा समाप्त भएको थियो। जसमा खेलको ३३ औं मिनेटमा निखिल कदमले दोस्रो पहेँलो कार्ड आत्मसात गरेपछि रातो कार्ड पाएका थिए।

उनको बहिर्गमनपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो। यसको बावजुद ललितपुरले पहिलो हाफमा अग्रता बनाउन सफल भयो।

ललितपुरका लागि इमोह इजेकेलले इन्ज्युरी समयको पहिलो मिनेटमा काउन्टर एट्याकमा गो गरेका थिए। पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए।

इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरेर गोल गरेका थिए। तर, ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएर खेलमा रोमाञ्चक थप्यो।

आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसपछि दुबै तर्फबाट केही आक्रमण भएपनि गोल भने हुन सकेन।

खेल अतिरिक्त समयतिर धकेलियो। ९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लियो। ओमोलाजा करिमको फ्रिकिकमा अनन्त तामाङको हेडर पासमा कुशलले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.