Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १५, २०८० मा प्रकाशित

काठमाडौँ, पुस १५ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ ।

कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।

हेस्टरका प्रमुख डा. सुलोचना श्रेष्ठले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको बताउनुभयो । “उत्पादनका लागि सबै प्रकारको परीक्षण भइसकेका छन् । अब बजारमा पठाउन अनुमतिका लागि औषधी व्यवस्था विभागमा निवेदन दिएका छौँ,” उहाँले भन्नुभयो, “त्यहाँबाट अनुमति प्राप्त गरिसकेपछि उत्पादन सुरु हुन्छ ।”

हेस्टरले पशु सेवा विभागबाट नै अनुमति लिएर तान्जानियाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्न मुख्य बिउ (मास्टर सिड) ल्याएको छ । सो बिउबाट खोप उत्पादन गरी त्यसको नमुना परीक्षणका लागि तान्जानिया पनि पठाइएको छ । त्यहाँबाट प्रतिवेदन आउन बाँकी छ । औषधी व्यवस्था विभागबाट अनुमति र तान्जानियाबाट अन्तिम प्रतिवेदन आइसकेपछि उत्पादन सुरु हुने हेस्टरले जनाएको छ ।

पशु सेवा विभागले पनि हेस्टरबाट नै खोप खरिद गर्ने भएपछि उत्पादनका लागि हतार गरिएको छ । “पशु सेवा विभागले आफैँ खोप उत्पादन नगरेसम्म हेस्टरबाट नै खोप खरिद गर्ने भनेको छ,” हेस्टर प्रमुख श्रेष्ठले भन्नुभयो, “त्यसकारण हामी अलि छिटो उत्पादनमा लागेका छौँ ।”

उत्पादनको तयारी सुरु भए पनि हेस्टर र पशु सेवा विभागबिच हालसम्म लिखित सहमति भने भएको छैन । अहिले मौखिक कुराकानी मात्र भएको र उत्पादन सुरु भएपछि लिखित सम्झौता हुने श्रेष्ठले बताउनुभयो । एक वर्षमा ‘लम्पी स्किन’ विरुद्ध १२ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये पहिलो चरणमा २६ लाख डोज उत्पादन हुने श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पशु सेवा विभागले बढीमा डोज खोप मात्र लिने र बाँकी निर्यात गर्ने योजना रहेको छ ।

सरकारले बाहिरबाट खरिद गरेकोभन्दा धेरै सस्तोमा आफूहरूले उपलब्ध गराउने हेस्टर प्रमुख श्रेष्ठको दाबी छ । पशु सेवा विभागले टेन्डरमार्फत बाहिरबाट प्रतिडोज दुई सयदेखि तीन सय रुपियाँमा ल्याउने गरेको छ । हेस्टरले प्रतिडोज २५ देखि ३० रुपियाँमा नै उपलब्ध गराउने जनाएको छ ।

पशु सेवा विभागले उत्पादन गर्ने खोपका लागि केन्याका इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको पुसको पहिला साता सो इन्स्टिच्युटबाट वैज्ञानिकहरू आएर अध्ययन गरेर गएका छन् ।

नेपाल सरकारले खोप उत्पादन गर्न चाहेमा उक्त टोलीले प्राविधिकलगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाएको पशु सेवा विभागका महाप्रबन्धक डा. उमेश दाहालले बताउनुभयो । विभागले आफैँ उत्पादन नगरेसम्म हेस्टरबाट खोप खरिद गर्ने भन्ने विषय छलफलमै रहेको पनि उहाँले जानकारी दिनुभयो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.