Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तेस्रो तेह्रकुने सिमसार महोत्सब शुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २०, २०८० मा प्रकाशित

तेस्रो तेह्रकुने सिमसार महोत्सब शुरु

विमल दाहाल
इलाम । इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा ४ दिने महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले महोत्सवमा भड्किलो गतिविधि भन्दा पनि समाजलाई सन्देश दिने कार्यक्रम राख्नु पर्नेमा आयोजकलाई सुझाब दिनुभएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा शुरु भएको महोत्सवमा मेयर लिम्बुले आन्तरिक पर्यटन प्रबर्धनका लागि सडक सहज र व्यवस्थित बनाउन लाग्ने प्रतिबद्धता गर्नु भएको छ। मेयर लिम्बूले स्थानीय सरकारको आर्थिक स्रोत कम रहे पनि स्थानीयको मेहनत, हौसलालाई नगरपालिकाले मर्न नदिने बताउनु भएको छ। गुरुयोजना निर्माण गरि अर्को बर्ष हुने महोत्सवमा केहि परिवर्तन देख्न सकिने विश्वास गराउनु भएको थियो।

माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने सिमसार क्षेत्रमा पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ शुरुभएको हो । महोत्सवको तयारीका विषयमा जानकारी दिनुहुँदै आयोजकका अध्यक्ष करसिंह राईले पोखरी निर्माण पछी जैविक विविधता संरक्षण र वातावरण संरक्षणमा उलेख्य प्रगति भएको जानकारी दिनुभयो। अध्यक्ष राईले समुन्द्री सतहदेखि पाँच सय मिटर उचाइमा रहेको चार सय मिटर क्षेत्रफलमा फैलिएको पोखरीले पर्यापर्यटनमा भुमिका खेलेको जानकारी दिनुभयो । वहाँले निशुल्क र सशुल्क जग्गादाताहरुलाई समेत धन्यवाद दिनु भएको थियो।

गजलकार ललिता राईको “लताञ्जली गजल संग्रह” समेत प्रमुख अतिथिबाट विमोचन गरिएको महोत्सवको उद्घाटन कार्यक्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष चक्र एक्तेन ‘अभिषेक’, इलाम जिल्ला खेलकुद समितिका उपाध्यक्ष ख्याम कुमारी राई, साविक दानाबारी गाविसका अध्यक्ष रत्न बहादुर अधिकारी, नेपाली काँग्रेसका एन्जेश एक्तेन, नेकपा एमालेका राधा कृष्ण अधिकारी, माई नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष राम बहादुर राई, वडा नम्बर-४ का वडाध्यक्ष हेम वहादुर लायो मगर, गजलकार ललिता राई लगायतले मन्तव्य राख्नु भएको थियो। सुवर्ण राईको सन्चालन तथा पवित्रा राईको स्वागत मन्तव्य रहेको महोत्सव उद्घाटन कार्यक्रममा साकेला लगायतका प्रस्तुती समेत रहेको थियो।

भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सवको गरिएको हो । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ। चार दिनसम्म हुने महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, बोटिङ, फिसिङ, स्थानीय भेषभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम रहने आयोजकले जनाएको छ।

तेह्रकुने सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्रभित्र नागबेली जस्तो देखिने १३ वटा कुना भएको आकर्षक पोखरी यसको प्रमुख विशेषता रहेको छ । १३ वटा कुना रहेकाले पोखरीको नाम तेह्रकुने राखिएको हो । महोत्सवमा स्टलहरु बनाएर स्थानीय उत्पादनको परिकार चखाउने आयोजकले व्यवस्था गरेको छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा कुखुराको मासुको विषेश परिकार, केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध हुने आयोजकले जनाएको छ । महोत्सव करिब २० हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको अध्यक्ष कर सिंह राईले बताउनु भएको छ ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ उपयुक्त छ । विशेषगरी आदिवासी राई समुदायको बसोबास रहेको त्यस क्षेत्रमा उनीहरूको साँस्कृतिक परम्परासमेत अवलोकन गर्न सकिन्छ ।

झापाको बिर्तामोडबाट ३६ किलोमिटर र इलाम बजारबाट करिब ३४ किलोमिटरमा रहेको यहाँ बर्सेनि पर्यटकहरु घुम्न पुग्छन् । आकर्षक गन्तव्य भएर पनि प्रचारप्रसार अभावमा भने ओझेल नै छ ।

तेह्रकुने सिमसार संरक्षणका लागि स्थानीयबासी विगतदेखि नै लागिपरेका छन् । त्यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारबाट समेत राम्रै सहयोग मिलेको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पटकपटक गरी ७२ लाख लागानी भइसकेको अध्यक्ष राईले जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट ४० लाख, वृहत जलाधार व्यवस्थापन केन्द्र उदयपुरबाट १९ लाख, माई नगरपालिकाबाट ३ लाख र वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिबाट १० लाख भएको छ। यस बर्ष पनि प्रदेश सरकारबाट २५ लाख विनियोजन रहेको आयोजकले जनाएको छ ।

सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ड्याम निर्माण, पोखरी वरिपरि पदमार्ग निर्माण, ५ वटा काठेपुल निर्माण, सिमसार बिचमा गोलघर निर्माण, शौचालय निर्माण, वृक्षारोपणलगायतको काम भएका छन ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.