Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चिकित्सकको आन्दोलनले धरानमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २, २०८० मा प्रकाशित

धरान, माघ २ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय प्रतिष्ठानमा विगत ६ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेकाले विद्यार्थीको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीले समेत भिसी कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।

शिक्षक, चिकित्सकले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विद्यार्थीसमेत आन्दोलनमा उत्रिएका हुन्  ।

पटक पटकको आन्दोलनले विद्यार्थीको पढाइमा अवरोध आउनुका साथै तेस्रो सेमेस्टरमा पुगेका विद्यार्थीको पढाइ, प्रयोगात्मक कक्षा र सोभन्दा अगाडि गर्नुपर्ने ‘सिभियल’ नै सुरु नभएकाले तेस्रो सेमेस्टरको क्लिनिकल नै गर्न नपाएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजतले बताउनुभयो ।

बिपी प्रतिष्ठानमा भएको समस्या छिटै समाधान गरी पठनपाठन सुचारु गर्नुपर्ने माग राखी भिसी कार्यालयअगाडि ‘सिम्बोलिक’ आन्दोलन पढेर गरेको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. रजतले बताउनुभयो । यो आन्दोलनपछि पढाइ सुचारु नभए बिपी प्रतिष्ठानमा करिब एक हजार पाँच सय जना मिलेर कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

विद्यार्थी जेसिदार शाह प्रतिष्ठानमा जस्तो सेवासुविधा तथा पढाइ नेपालमा अन्य कहीँ नभएकाले यसलाई जोगाउनु यहाँका सम्बन्धित आधिकारीहरूको दायित्व रहेको बताउनुहुन्छ ।

यसैबिच प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै नगर प्रमुख हर्कराज राईले कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गर्नुभएको छ । प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्ने आँट नगर्न र आवश्यक परेका बेला आफैँ आएर खोल्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय प्रतिष्ठानमा शिक्षक, चिकित्सकको बढुवा प्रव्रिmया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रव्रिmया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि केही दिनदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा आइतबारदेखि पुनः ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरिएको हो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.