याे आँखाले भोलि देख्न नपाउने होकि?
याे मन् ले महसुस मात्र गर्न पाउने होकि?
भावनाहरु मेटाउन पर्ने होकी?
चाहनाहरु चुटाउनु पर्ने होकी?
आजको हाँसो भोलिको आँसु हुने होकी?
आजको चासो भोलिको आफ्नै पासो हुने होकी?
कतै मलाई छोड्ने तिम्राे आँट हुने होकी ?
कतै मेरो अन्तिम आराम घाटमा हुने होकी?
बागी रहेको थिए तिम्राे हात पाए ।
लाग्यो की सुरक्षित किनार पाए।
तर कतै ती हात छुट्ने हुन की ?
अनि मेरा फेरि मिठा सपना टुट्ने हुन कि?
लाग्न त तिम्रै भर लाग्छ
तैपनि कता कतै डर लाग्छ।























