मिलन राई
इलाम, माघ ६ । इलामको ठुलो टुडिखेलमा माघ ६ गतेदेखि १३ गतेसम्म रेडहर्ष फूटबल क्लबको आयोजनामा प्रथम एनआरएनए फूटबल प्रतियोगिता २०८० सम्पन्न हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार उक्त प्रतियोगितामा नेपाल र देश बाहिरका गरी जम्मा ८ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् भने प्रतियोगिता संचालनका सबै तयारी पूरा भइसकेको छ ।
उक्त टुडिखेलमा फूटबल आज हुने उदघाटन कार्यक्रममा इलामका सुप्रसिद्द गायक यम बराल र चर्चित रियालिटी सो “द भ्वाइस अफ नेपाल सिजन-५” का विजेता इलामे गायक विनोद राईको धमाकेदार सांगीतिक प्रस्तुतिसमेत रहने कुरा आयोजकले जनाएको छ ।
सो प्रतियोगिताको विजेता टीमले नगद रु ५ लाख र उपविजेता टीमले रु ३ लाखसहित ट्रफी र प्रमाणपत्रसमेत पाउने आयोजकले जानकारी गराउनु भएको छ ।























