Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिर्तामोडमा आयोजित जुत्ताचप्पल महोत्सवको म्याद माघ १५ सम्म थपियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ९, २०८० मा प्रकाशित

झापा । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ ।

गुणस्तरीयसंगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसंगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ ।

माघ १५ गते महोत्सव सकिएकै दिन सिटीसेन्टरमा नेपाली जुत्ताघरको सोरुम खोलिने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए । उनले नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डका जुत्ताहरु किन्न अब महोत्सव नै पर्खनु नपर्ने जानकारी दिए ।

सिटीसेन्टरमा खोलिने सोरुममा आठ वटा कम्पनीका जुत्ता चप्पलहरु महोत्सवकै सहुलियतमा उपलव्ध हुने जानकारी दिए । पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको जुत्ता चप्पल महोत्सवमा ग्राहकहरुको सहभागिता उत्साहजनक रहेको उनको भनाइ थियो ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गतेदेखि कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज, लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज, डी. जे. शुज कम्पनीको डीजे शुज, एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।

महोत्सवमा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.