Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १०, २०८० मा प्रकाशित

भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक- ११ लाई ३-२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो।

जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।

यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे। उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरे।

देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए। उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर आम्तेक-११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक-११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम- २०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए।

विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए।

प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ।

‘गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले प्रथम पौवादुङमा गोल्डकपसँगै माघीमेला सञ्चालन गरेका हौं’, अध्यक्ष राईले भने, ‘प्रतियोगिताले खेलक्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौं। यस्ता प्रतियोगितामामार्फत खेलक्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो।’

पौवादुङमा रंगशालामा प्रतियोगिता सञ्चालन गरिएको हो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.