दुर्व्यसन त्यागौं,सेवामुखी बनौं ” भन्ने मूल नारा का साथ मा संचालित श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले आगामी माघ १६ गते देशैभर एकसाथ रक्तदान कार्यक्रम संचालन गर्दैछ । “ज्ञान , भक्ति र सेवा” का साथमा “तुम सेवा से पाओगे पार” भन्ने आफ्नो मुल मन्त्र कै रुपमा अंगीकार गर्दै विभिन्न समयमा आफ्नो सेवामुखी काम हरु गर्दै आएको परिषद ले यस वर्ष आफ्नो स्थापना कालको ३४ ओैं वार्षिकोत्सव को अवसरमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्न लागेको हो ।
अहिले युवापुस्ता मा विभिन्न किसिमका दुर्व्यसन र विसंगति ले आक्रान्त बनाइरहेको छ । यसैबीच मा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल निरामिश(शाकाहार)भोजन ग्रहण गर्न गराउन उत्प्रेरित गर्नुका साथै धुम्रपान,मध्यपान र मदिरापान रहित सुसंस्कृत समुन्नत समाज को निर्माण गर्दै अघि बढ्न सकौं भन्ने उदेश्य का साथ सधैं क्रियाशील रहदै आइरहेको छ ।
सेवा नै धर्म हो भन्ने सुविचार लाई आत्मसात गर्दै सेवामा लागिपर्नुहुने सबैलाई उक्त दिन २०८० माघ १६ गते रक्तदान जीवनदान कार्यक्रममा सहभागी हुन श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल ले अनुरोध समेत गरेको छ । उक्त देशव्यापी रक्तदान कार्यक्रम अन्तर्गत युवा परिषद इलाम शाखा ले पनि श्री सार्वजनिक आधारभूत विद्यालय , सूर्योदय -२, पशुपतिनगर मा संचालन गर्ने जानकारी दिएको छ ।























