लता मंगेशकरको पूण्यस्मृति तथा प्रेमील सप्ताहको शुभारम्भमा कथा बन्न नसकेको सच्चा प्रेम कथा ।
दुई वर्ष अगाडि फेब्रुअरी ६ का दिन लता मंगेशकरको देहान्त भएको थियो । धेरैलाई थाहा थियो लता आजन्म कुमारी नै रहिन् । उनको विवाह भएन । तर उनको सच्चा प्रेम र प्रेमी प्रतिको सच्चा समर्पण थोरैले मात्र थाहा पाए । आम युवती झै उनको पनि यौवन कालमा नै प्रेम बसेको थियो । उनको प्रेमीले पनि उनलाई साँचो प्रेम गर्दथे । तर पारिवारिक बन्धनले उनिहरु बिच विवाह हुन दिएन । र अन्तमा कठोर निर्णय लिए – यदि हामी दुई बिच विवाह हुदैन भने अरुसंग विवाह बन्धनमा बाँधिने छैनौ, आजन्म अविवाहित नै रहनेछौ । आफ्नो जीवन अरुका लागि समर्पण गर्ने छैनौ । उनका प्रेमीले पनि प्रेमको धर्म निभाए आजन्म अविवाहित रहे । उनका प्रेमी राजसिंह डूंगरपुरको सन २००९ मा अविवाहित नै देहान्त भएको थियो ।
राजस्थानको डूंगरपुर राजपरिवारको सबैभन्दा कान्छो छोराको रुपमा जन्म लिएका राजसिंह डूंगरपुर महाराजा लक्ष्मणसिंहका छोरा थिए । क्रिकेटमा निकै रुचि राख्ने डूंगरपुर भारतीय क्रिकेट वोर्ड बीसीसीआइका अध्यक्ष पनि रहे । संगीत मन पराउने डूंगरपुर र क्रिकेट मन पराउने लता बिच गहिरो प्रेम सम्बन्ध भएको थियो । लतालाई अति मन पराउने डूंगरपुर सधै साथमा क्यासेट प्लेयर बोकेर लताका गीतहरु सुनिरहन्थे । लतालाई मिट्ठू नामबाट बोलाउने डूंगरपुर पनि प्राय क्रिकेटमा ब्यस्त रहने गर्दथे । लामो प्रेमसम्बन्ध पछि विवाहको लागि राजा लक्ष्मण सिंहसंग आग्रह गर्दा राजपरिवारका सदस्यको विवाह राजपरिवारका सदस्यसंग मात्र हुन्छ साधारण परिवारका सदस्यसंग हुदैन भन्ने कठोर जवाफ पाए पछि राजसिंहले राजघरानाको विरोध गर्न सकेनन् । बरु आजन्म अविवाहित रहेर लतालाई नै प्रेम गरिरहने कसम खाए । उता लताले पनि सोही कसम खाए र आजन्म अविवाहित नै रहे ।
प्रेमि राजसिंहको आग्रहमा लताले डूंगरपुरमा सामाजिक भवन पनि बनाइदिएका थिए । आजन्म सच्चा प्रेमीको धर्म निभाउदै सन २००९ मा राजसिंह डूंगरपुरको निधन भयो । लताले पनि आफ्नो सच्चा प्रेमलाई निभ्न दिएनन् । आजन्म कुमारी नै रहदै फ्रेव्रुवरी ६ मा संसारबाट नै बिदा लिइ प्रेमी राजसिंहलाई भेट्न गए ।























