Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फिक्कल मा आँखा अस्पताल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २७, २०८० मा प्रकाशित

इलाम को सूर्योदय नगरपालिका को केन्द्र रहेको फिक्कल बजारमा अत्याधुनिक सेवा सहितको आँखा अस्पताल संचालन मा आएको छ। नेपाल नेत्रज्योति संघ,आँखा अस्पताल विराटनगर को शाखाको रुपमा यही माघ २५ गतेदेखि संचालनमा आएको उक्त अस्पताल को उद्घाटन सूर्योदय नगरपालिका का नगर प्रमुख रण बहादुर राईले उद्घाटन गरेका हुन्।

अस्पताल संचालन को अवसरमा माघ २६ र २७ गते दुई दिन नि:शुल्क आँखा शिविर पनि संचालन गरिएको थियोे । उक्त शिविरबाट जम्मा ५०३ जनाले सेवा लिए जसमध्ये ६४ जनाको मेजर अपरेसन ,१३ जनाको माइनर अपरेसन गरियो भने ८० जनालाई चश्मा र २४० जनालाई ओैषधी वितरण गरिएको सो अस्पताल का इन्चार्ज पुष्कर झाले जानकारी दिए।

नेपाल नेत्रज्योति संघ को पहलमा संचालनमा आएको उक्त अस्पताल ले इलाम,पाँचथर,ताप्लेजुङ र भारत का मिरिक,दार्जिलिङ लगायतका क्षेत्र हरु का सेवाग्राही हरु लाई सफा र स्वच्छ वातावरणमा सेवा उपलब्ध गराउन सक्नेछ । यसबाट पर्यटकीय नगर सूर्योदय लाई आँखा उपचारको हब को रुपमा स्थापित गर्न सक्ने समेत संभावना रहेको नेपाल नेत्रज्योति संघ इलामका उपसभापति विष्णु (हेम) कार्की ले जानकारी दिए ।

यस अघि नै इलामको इलाम नगरपालिका र देउमाइ नगरपालिका मा उक्त संघको पहलमा आँखा अस्पताल संचालनमा आइसकेको र विभिन्न पालिका का विभिन्न टोल तथा वडाहरु मा आँखा उपचार सम्बन्धि सेवा र कार्यक्रम हरु संचालन गरिसकेको र निकट भविष्यमा इलामको माइ नगरपालिका मा पनि आँखा अस्पताल संचालनमा आउने समेत कार्कीले जानकारी दिए

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.