नेपालले इन्जुरी टाइममा प्रिती राईको शानदार गोलको मदतले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा सावित्रा भण्डारीले कीर्तिमानी ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् जुन गोल दक्षिण एसियाको महिला तर्फ सर्वाधिक ५२ गोल संख्या बराबरी गरेकी हुन ।
खेलको इन्जुरी समयमा नेपालले पाएको कर्नर बल को अवसर मा प्रिती राईले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।
यतिबेला नेपाली फुटबलको चर्चा संसार भर चुलिए सँगै नेपालले अब उपाधिका लागि फाल्गुन १७ गते जोर्डनसँग खेल्नेछ । विजयको अग्रिम शुभकामना व्यक्त गर्दछौं ।























