दुग्ध विकास संस्थान ले दुग्ध उत्पादक किसान हरु को भुक्तानी नदिएको विरोधमा सूर्योदय नगरपालिका को फिक्कल बजारमा आज चक्काजाम कार्यक्रम गरिएको छ।
जिल्ला दूध सहकारी संघ लि. उक्त कार्यक्रम आयोजना गरेको हो ।विगत ४-५ महिना देखि किसानले उत्पादन गरेको दूधको रकम दुग्ध विकास संस्थानले भुक्तानी दिएको छैन एकातिर भने अर्कोतिर कठिन मेहनत र परिश्रम गरि उत्पादन गरेको दूधको मुल्य समेत घटेर पाउने स्थिति ले किसान दोहोरो मारमा परेका छन् ।
स्थानीय एक किसान भन्छन् “निजी दूध व्यवसायी हरु समेत दूधजन्य पदार्थको बजार खस्केको कारण देखाउदै नियमित रुपमा किसान को भुक्तानी गरेका छैनन् ।” यसैबीच आयोजना गरिएको सो कार्यक्रम चरणबद्ध रुपमा अगाडि बढ्ने बताइएको छ । किसान को यो आवाज र पिडा मा राज्य उदासीन भए थप दवाव का आन्दोलन अघि बढाइने समेत जनाइएको छ ।























