Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

झापा गोल्डकप आजबाट सुरु हुँदै, सभामुख घिमिरेले उद्घाटन गर्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन १९, २०८० मा प्रकाशित

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण शनिबारबाट सुरु हुँदैछ। प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज उद्घाटन गर्दैछन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला पुनः एक पटक रंगिएको छ। आजदेखि सुरु हुने गोल्डकप फुटबल प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ।

२०७२ सालमा पहिलो झापा गोल्डकप भएको थियो । त्यसपछि २०७३ मा दोस्रो, २०७४ मा तेस्रो,२०७५ मा चौथो र २०७८ मा पाँचौं संस्करण भएको थियो। अघिल्ला चार वर्षमा लगातार चारवटा संस्करण भए पनि कोरोना महामारीका कारण तीन वर्षपछि पाँचौं संस्करण भएको थियो। पाँचौं संस्करणको दुई वर्षपछि यस वर्ष छैटौ संस्करण हुन लागेको हो।

पहिलो उद्घाटन खेल संकटा फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच आज हुँदैछ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ। फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्यूरोड टिम (एनआरटी)सँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ। तेस्रो क्वाटरफाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुई पटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

अन्तिम क्वाटरफाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले गोल्डकप झापाको शान तथा गौरव भएकाले साथ र सहयोगका लागि सबैलाई अपिल गरेका छन् । यति ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबका सहित १० टोली सहभागी छन्। अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ।

गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ। डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपमा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ। झापा गोल्डकपको छैटौं संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.