Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ३, २०८० मा प्रकाशित

धरान । २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा मोरङलाई नयाँ च्याम्पियन बनेर इतिहास रच्ने अवसर छ भने एनआरटीलाई दोस्रोपटक च्याम्पियन बन्ने मौका छ।

बुढासुब्बा गोल्डकपमा मोरङ पहिलो पटक फाइनल खेल्न लागेको हो भने एनआरटी दोस्रो पटक। यसअघि एनआरटीले २०६४ मा आयोजित बुढासुब्बाको १०औं संस्करणमा उपाधि जितेको थियो। त्यसयता भने एनआरटीले फाइनल खेलेको थिएन। मोरङले यसअघि २ पटक सेमिफाइनल मात्र खेलेको थियो।

फाइनल पुगेको एनआरटीले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको थियो भने सेमिफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा हराउँदै फाइनल यात्रा गरेको थियो। मोरङले पनि क्वार्टरमा नेपाल पुलिस क्लबलाई ३–० ले र सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा निराश बनाउँदै फाइनल पुगेको थियो। बलियो टोलीलाई हराउँदै उपाधि होडमा नजिक पुगेका दुवै टोलीबीच शनिबार फाइनल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ।

यो सिजनमा एनआरटीले इलाम गोल्डकप जित्दा मकवानपुर र केपी ओली कपमा उपविजेता भएको थियो। झापा गोल्डकपमा पहिलो खेल हारेर धरान आएको एनआरटी फाइनल पुग्दा खेलाडीहरूको मनोबल उच्च छ। दुई जना विदेशी (अफ्रिकन) खेलाडीसहित मैदानमा उत्रने एनआरटीका टिम मेनेजर राकेश लामा भन्छन्, ‘खेलाडीहरू युवा छ, सबै फर्ममा छन्। हामी जित्छौं।’

मेनेजर लामाले विपक्षी मोरङमा पनि ‘ए’ डिभिजन खेलेका खेलाडीहरू भएकाले कमजोर नआँकेको बताए। कप्तान पूजन होनाले पनि टोलीमा राम्रो तालमेल भएकाले खेलाडीहरू उच्च मनोबलमा रहेको बताए। ‘हामी जितका लागि नै खेल्ने हो, फाइनल पुगेकाले मनोबल पनि बढेको छ,’ उनले भने।

मोरङको टोलीमा अधिकांश ‘ए’ डिभिजन क्लबका खेलाडी छन्। फरकफरक क्लबका खेलाडी भए पनि टिमवर्क राम्रो देखिएको छ। लयमा रहेको एनआरटीलाई आफ्नो युवा र अनुभवी खेलाडीहरूले रोकेर उपाधि जित्ने प्रशिक्षक रानु राना मगर बताउँछन्।

‘हामी पहिलो पटक फाइनल खेल्दै छाैं, त्यसैले जित्नकै लागि खेल्ने हो,’ प्रशिक्षक मगरले भने, ‘खेलाडीहरू युवा छन्, अनुभवी छन्। टिमवर्क पनि राम्रो छ।’

मोरङका क्याप्टेन अशोक खवासले पनि सेमिफाइनलमा भएको कमजोरीलाई सुधार गरेर फाइनलमा उत्रने बताए। उनले भने, ‘टिमसेट राम्रो छ। कमीकमजोरीलाई सुधारेर खेल्छौं, र उपाधि जित्छौं।’ प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ।

उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्। सर्वाधिक गोलकर्ताले नगद ३५ हजार हात पार्नेछन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.