Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपथ्यको कार्यक्रम इलामको करफोकमा सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ४, २०८० मा प्रकाशित

इलाम । न्युपी थर्पी छोलिङ गुम्बा निर्माण सहयोगार्थ हिजो सूर्योदय नगरपालिका १२ को करफोक स्कुल खेल मैदानमा भव्य कार्यक्रम सम्पन्न भएको छ । नेपालकै चर्चित ब्याण्ड नेपथ्यले उक्त गुम्बाको सहयोगका लागि आफ्नो प्रस्तुति दिएको हो । कार्यक्रममा उपस्थित मिडियाकर्मीहरुले सो कार्यक्रमको लाइभ भिडियो हाल्न नपाएपछि शुरुआतमा केही असामञ्जस्यता देखिएको थियो । यसैबीचमा इलाम ग्रीन पेजले त असन्तुष्टि जनाउदै आफ्नो पेजमा पोष्ट नै गरेको थियोे उक्त पोष्ट अहिले हटाइएको छ ।

कार्यक्रम हेरिसके पश्चात अग्रज पत्रकार केदार शर्मा आफ्नो फेसबुक वालमा लेख्छन् -“हिजो इलामको करफोक स्कूलमा भएको नेपथ्यको कन्सर्ट ५०००+ दर्शकले हेरे (स्रोत: आयोजक), र स्वाभाविक हो, ती सबैजसो युवा थिए। रु ११००/- को टिकट काटेर कन्सर्ट हेर्न आएका गाउँघरका युवाको उत्साहपूर्ण उपस्थितिले भन्छ, गाउँघर रित्ता छैनन्। म्यानपावरका अफिस र एयरपोर्टको डिपार्चर लाउन्जमा मात्र हेरेर निराशा पोख्ने महानुभावहरूलाई उनीहरूको सन्देश छ, हामीलाई भेट्ने भए गाउँमा पनि पस!”

कार्यक्रमका आयोजकले कार्यक्रमको आधिकारिक हरहिसाब सार्वजनिक त गरेको छैन तर आयोजकको दावी अनुसार ५ हजार भन्दा बढी दर्शकले कन्सर्ट हेरे । भिआइपी टिकटलाई छोडेर सामान्य टिकटको मात्रै हिसाब गर्ने हो भने ५ करोड ५० लाख रुपैया आम्दानी भएको देखिन्छ । व्याण्ड खर्च र अन्य व्यवस्थापन खर्च समेत कटाएर कार्यक्रमबाट आयोजकले ठुलो राशि बचाउने विश्वास गरिएको छ भने गुम्बा निर्माण गर्ने उदेश्यसमेत सहजै पूरा हुने देखिन्छ ।

कन्सर्ट हेर्न इलाम, झापा, पाँचथर र भारतको मिरिक, दार्जिलिङ आसपास लगायतका क्षेत्रहरुबाट संगीत पारखीहरुको उपस्थिति रहेको थियोे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.